ad ad

खेल


न्यूजिल्याण्डको लगातार दोस्रो हार, अष्ट्रेलियासँग ८६ रनले पराजित

न्यूजिल्याण्डको लगातार दोस्रो हार, अष्ट्रेलियासँग ८६ रनले पराजित

एजेन्सी
असार १५, २०७६ आइतबार २:४२,

 अष्ट्रेलियासँग ८६ रनले पराजित भएपछि न्यूजिल्याण्डको विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा पुग्ने सपना अझै पूरा हुन् सकेको छैन्। 

सुरुवाती ६ खेलमा हार नबेहोरेको न्यूजिल्याण्डले पछिल्ला दुई खेलमा लगातार हार ब्यहोरेपछि सेमिफाइनलमा पुग्न उसले अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गर्नै पर्ने अवस्था बनेको छ।

२ सय ४४ रनको लक्ष्य पछ्याएपनि न्यूजिल्याण्ड १५७ रनमै समेटियो। त्यसअघि ट्रेन्ट बोल्टले ह्याट्रिक विकेट लिएपछि अष्ट्रेलिया २४३-९ को स्कोरमा समेटिएको थियो।

उसका उस्मान ख्वाजा(88) र अलेक्स कोरीले ७१ रन जोड्दै अष्ट्रेलियालाई सो स्कोरमा पुर्‍याएका थिए। छैटौं विकेटका लागि उनीहरुले १ सय ७ रनको साझेदारी गरे।

तर, न्यूजिल्याण्डले भने साझेदारी बनाउँन संघर्ष गर्नुपर्‍यो। मिचल स्टार्कले २६ रनमात्रै खर्चेर ५ विकेट लिएपछि न्यूजिल्याण्ड १५७ रनमै अलआउट भयो।

अब न्यूजिल्याण्डले बुधबार समूहको अन्तिम खेल इंग्ल्याण्डसँग खेल्दैछ। जहाँ दुबै टोलीलाई सेमिफाइनलमा पुग्न जित आवश्यक हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .