ad ad

छापा खबर


संस्कृत विश्वविद्यालयका विद्यार्थीले नौ वर्षदेखि पाएनन् मूल प्रमाणपत्र

संस्कृत विश्वविद्यालयका विद्यार्थीले नौ वर्षदेखि पाएनन् मूल प्रमाणपत्र

नेपालखबर
फागुन ५, २०७६ सोमबार ०:५८,

नेपाल संस्कृत विश्वविद्यालयबाट विभिन्न तहको अध्ययन पूरा गरेका विद्यार्थीले नौ वर्षदेखि मूल प्रमाणपत्र पाएका छैनन्।

प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र नपाएका खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

०६७ पछि आएका दुई कार्यकालका पदाधिकारीले दीक्षान्त कार्यक्रम गर्न नसक्दा विद्यार्थी विभिन्न अवसर गुमाउन बाध्य छन् । अहिले उपकुलपतिलगायतका पद रिक्त छन् ।

विभिन्न तह उत्तीर्णपछि ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले समेत सास्ती खेप्नुपरेको छ । विदेश अध्ययन, सरकारी सेवामा प्रवेश गर्नेलगायतका काममा विद्यार्थीलाई समस्या परेको छ ।

मूल प्रमाणपत्र माग्न आउने विद्यार्थीलाई विश्वविद्यालयले सिफारिसपत्र दिएर पठाउने गरेको छ । परीक्षा नियन्त्रक नीलप्रसाद सापकोटाले नयाँ पदाधिकारी आएपछि मात्र दीक्षान्तका विषयमा छलफल र तयारी हुन सक्ने बताए । अहिले विश्वविद्यालय निमित्तको भरमा चलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .