ad ad

छापा खबर


चीनबाट ल्याइएका नेपालीको खकार र र्‍याल परीक्षण सुरु, कहिले आउँछ रिपाेर्ट?

चीनबाट ल्याइएका नेपालीको खकार र र्‍याल परीक्षण सुरु, कहिले आउँछ रिपाेर्ट?

नेपालखबर
फागुन ५, २०७६ सोमबार ०:५५,

चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।

उनीहरूलाई राखिएको सुरक्षित स्थान (क्वारेन्टाइन)मा खटिएका स्वास्थ्यकर्मीले आइतबार सबैको र्‍याल र खकारको नमुना संकलन गरेका छन्। बुधबार मात्रै त्यसको रिपोर्ट आउनेछ।

सरकारले चीनको हुबेई प्रान्तको वुहानसहितका विभिन्न सहरमा रहेका एक सय ७५ नेपालीलाई नेपाल एयरलाइन्सको जहाजबाट आइतबार बिहान काठमाडौं ल्याएको थियो।

विमानस्थलमा उनीहरू सबैको शरीरको तापक्रम मापन गरिएको थियो। त्यसमा सबै स्वस्थ देखिएका छन् । ज्वरो देखिए क्वारेन्टाइनको सट्टा अस्पताल लगेर निगरानीमा राख्ने सरकारको योजना थियो।

विमानस्थलबाट उनीहरूलाई प्रहरी स्कर्टिङमा पाँचवटा गाडीमा राखेर क्वारेन्टाइन बनाइएको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्‍याइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार संकलित नमुना सोमबारदेखि परीक्षण गरिनेछ। ‘नेपाल फर्किएका एक सय ७५ जनाकै ¥याल र खकार संकलन गरिएको छ। रिपोर्ट आउन कम्तीमा दुई दिन अर्थात् बुधबारसम्म पर्खिनुपर्छ,’ उनले भनिन्।

स्वदेश ल्याइएका नेपालीको २४ घन्टाभित्र पहिलो र १४औँ दिनमा अन्तिम परीक्षण गर्ने सरकारको योजना छ, आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले खबर लेखेका छन्।

परीक्षणमा समय लाग्ने हुँदा क्वारेन्टाइनमा बस्नेको समयावधि पनि लम्बिने भएको छ। यसअघि १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको थियो। तर, अब तीन दिन लम्बिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए।

‘क्वारेन्टाइनमा बसेको १४औँ दिनमा कोरोना भाइरसको अन्तिम परीक्षण गरिन्छ, सबैको नमुना संकलन गरेर रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्छ। रिपोर्ट नआउँदासम्म घर पठाउन पनि मिल्दैन।

त्यसैले तीन दिनजति क्वारेन्टाइनको बसाइ लम्बिन सक्छ,’ उनले भने।उद्धार गरिएका नागरिकका लागि सरकारले क्वारेन्टाइनसम्बन्धी कार्यविधि बनाएको छ । सोहीअनुसार क्वारेन्टाइन अवधिभर उनीहरूको स्वास्थ्य उपचार र रेखदेख हुनेछ । तर, पहिलो दिनमै स्वास्थ्यकर्मीले कार्यविधिको उल्लंघन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .