ad ad

छापा खबर


खाद्यान्नमा ४८ प्रतिशतसम्म मूल्यवृद्धि, यसकारण बढ्यो मूल्य

खाद्यान्नमा ४८ प्रतिशतसम्म मूल्यवृद्धि, यसकारण बढ्यो मूल्य

नेपालखबर
फागुन ५, २०७६ सोमबार २:१५,

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।

गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको खबर आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन्।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ।

प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च थियो । मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ।

अघिल्लो वर्षको पुससम्म यस्तो मूल्यवृद्धि २।.६६ प्रतिशत मात्र थियो । दलहन र रक्सीजन्य पेय पदार्थको मूल्यवृद्धि दर १०–१० प्रतिशत बढेको छ ।

गत वर्षको पुसमा दलहन वस्तुको मूल्यवृद्धि दर ६.०४ प्रतिशत घटेको थियो भने र रक्सीजन्य पेयमा करिब १२ प्रतिशत बढेको थियो । यस वर्ष समग्र मूल्यवृद्धि दर ६.८२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.५८ प्रतिशत थियो ।

भारतमा खाद्य वस्तुको मूल्य उच्च भएकाले नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए ।

खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य अकासिएको छ । ‘नेपालको मूल्यवृद्धि आयातित हो,’ भट्टले भने, ‘यस्तो मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ ।’

नेपालको दुई तिहाइ व्यापार भारत केन्द्रित रहेकाले त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव यता पर्छ । ‘पछिल्ला महिनामा आयात बढ्दो छ, धेरै आयात भारतबाटै हुन्छ,’ भट्टले भने, ‘भारतमा मूल्यवृद्धि तत्काल घट्ने सम्भावना छैन । आगामी दिनमा पनि नेपालको मूल्यवृद्धि दबाबमा रहन सक्छ।’

गत पुसमा भारतमा मूल्यवृद्धि दर ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा त्यहाँ मूल्यवृद्धि दर २।०५ प्रतिशत थियो ।

गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.६५ र गैरखाद्य समूहको ६.११ प्रतिशत थियो । दैनिक उपभोग्य खाद्यको तुलनामा गैरखाद्य वस्तुको मूल्य भने कम मात्र बढेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .