ad ad

छापा खबर


रिसाए सलमान, अब बिग बोस नचलाउने!

रिसाए सलमान, अब बिग बोस नचलाउने!

नेपालखबर
फागुन ८, २०७६ बिहिबार २:३५,

सलमान खानले दस वर्ष बिग बोस होस्ट गरे। त्यसैले होला बिग बोस भन्नेबित्तिकै सलमानको नाम जोडिएर आउँछ।

अनि सलमानको नाम जोडिएपछि टिआरपी पनि आउने नै भयो। अहिले सलमान भनेको बिग बोस र बिग बोस भनेको सलमानजस्तो भइसक्यो।

सलमानबिना बिग बोसको चक्का नघुम्ने पक्का छ। त्यसैले होला, उनी बेलाबेला यो रियालिटी सो गािर्दनँ भनेर घुर्की देखाउँछन्। सिजन १४ मा पनि उनी कार्यक्रम होस्टिङ नगर्ने मुडमा छन्। उनमा यस्तो मुड पहिले पनि निकै पटक आइसकेको छ।

सिजन १३ मा झनै बिग बोसका निर्माण समूहले सिद्धार्थ शुक्लाप्रति ज्यादा झुकाव राखेको भन्दै सलमान रिसाएका छन्। त्यसैले विजेताको नाम घोषण मध्यरातमा हुन गयो।

यसैलाई कारण बनाएर सलमान बिग बोस होस्ट नगर्ने मुडमा पुगेका छन्। यो खबर आज बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकमा छापिएको छ।

विगतमा पनि उनले यो खालको निर्णय लिन्थे तर होस्टिङ गर्ने बेलामा मुन्टोले टेकेर आइपुग्थे।

त्यसैले दर्शकलाई यो कुराले चिन्तित बनाएको छैन। के थाहा यो उनको पारिश्रमिक बढाउने रणनीति पनि त हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .