ad ad

छापा खबर


प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाकी आमा भन्छिन्-‘छोरीको हिम्मत देख्दा खुसी लाग्यो’

 प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाकी आमा भन्छिन्-‘छोरीको हिम्मत देख्दा खुसी लाग्यो’

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ३:५३,

प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला दान दिएर समीक्षा संग्रौला चर्चित भएकी छन्। उनका पति कमल नेपाली सेनामा कार्यरत छन्।

उनको माइती झापा हो। घर पाल्पा हो। उनका आमा मुना र बुवा मेदनीले छोरीको निर्णयलाई साहसिक कार्यको संज्ञा दिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

आमा मुनाले भनिन्, ‘स्वास्थ्य लाभको कामना गर्छौं। छोरीले हिम्मत देखेर खुसी लागेको छ। हामी पशुपतिनाथसँग प्रार्थना गर्छौं, उनलाई एकदम राम्रो होस्।’ बुवा मेदनीले पनि प्रधानमन्त्री ओली र छोरी समीक्षाको स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीलाई पहिलोपटक भाइबुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दान दिएकी थिइन्। प्रधानमन्त्री ओलीले भान्जीको मिर्गौलाका कारण दोस्रो जीवन पाएकोमा उनी पनि प्रसन्न देखिन्थिन्।

त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उनले भनिन्, ‘भर्ना हुनुअघि उहाँ (प्रधानमन्त्री) लाई भेटेकी थिएँ। यतिका वर्षसम्म तिम्रै मिर्गौलाले काम गरेको छ भन्नुभयो।’

नेपाली चिकित्सकको टिमले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि नेपाली चिकित्सक उत्साहित छन्। यसले मिर्गौला प्रत्यारोपणका लागि विदेश जानुपर्दैन भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .