ad ad

समाज


काठमाडौंमा १७ वर्षीया किशोरीलाई ट्रकभित्र लगेर सामूहिक बलात्कार

काठमाडौंमा १७ वर्षीया किशोरीलाई ट्रकभित्र लगेर सामूहिक बलात्कार

नेपालखबर
चैत ५, २०७६ बुधबार ०:३६,

काठममाडौंको थानकोट क्षेत्रमा ट्रकभित्र लगेर एक किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।

चन्द्रागिरि नगरपालिका १५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेका हुन्।

थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटना मंगलबारको हो।

त्यस दिन बिहानै धादिङकी ती किशाेरी घर जान गाडी कुरेर बसेकी थिइन्। त्यस क्रममा तीन जनाले फेला पारी उनलाई घर पुर्‍याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन्। 

बलात्कारमा संलग्न आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरिसकेकाे छ। 

‘घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छौं,’ बुधबार डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका ९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका २ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका १ का सञ्जय घर्ती मगरलाई पक्राउ गरिएकाे हाे। उनीहरू २० देखि २५ वर्षसम्म उमेरका रहेकाे प्रहरीले जनाएकाे छ। 

पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतकाे हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएकाे छ।

पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको थानकोट प्रहरीले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .