ad ad

छापा खबर


झाँक्रीको भर पर्दा सुत्केरीको ज्यान गयो

झाँक्रीको भर पर्दा सुत्केरीको ज्यान गयो

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ०:२१,

अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएकी सुत्केरी देउमा साँउदको मृत्यु भएको छ।

सुत्केरी भएको २५ दिनपछि अत्याधिक रक्तश्राव भएपछि उनलाई शनिबार उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अछामबाट गीता कुँवरले लेखेकी छन्।

नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साँउदले जानकारी दिए। उनले भने, ‘अप्रेशन गर्ने तयारीमा थियौ्र, अप्रेशन गर्ने कोठामा लग्दै गर्दा ज्यान गइसकेको रहेछ । त्यस बेला नाक मुखबाट पनि रगत बगेको थियो।’

रामारोशन गाउँपालिका ६ भाटाकाटियाकी २४ वर्षीया साँउदले वैशाख २ गते भाटाकाटिया स्वास्थ चौकीमा छोरीलाई जन्म दिएकी थिइन्।

शुक्रबार एक्‍कीसी पेट दुखेपछि उनलाई गाउँकै धामी कहाँ लगेर उपचार गरिएको थियो। धामीले पेटमा देउकाडो (असह्य पेट दुखाई) परेकाले दुखाई निको पार्ने भन्दै पेटमा र ढाडमा हानेपछि केही बेर निको भएपनि त्यसपछि रक्तश्राव सुरु भएको उनका श्रीमान् मानबहादुरले बताए।

गाउँमा धामी झाँक्रीको भर पर्दा र उपचारका लागि स्वास्थ संस्थामा समयमै पुर्‍याउन नसक्दा उनको ज्यान गएको बयलपाटा अस्पातलका डाक्टर विकास गौचनले बताए।

उनले भने, ‘उहाँको धेरै रगत बगिसकेको थियो, पेटमा रगत पनि जमेको थियो, समयमै उपचार नपाउँदा मृत्यु भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .