ad ad

राजनीति


प्रचण्ड-नेपाल पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वाेच्च अदालत जाँदै

प्रचण्ड-नेपाल पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वाेच्च अदालत जाँदै

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १:१२,

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका सबै केन्द्रीय सदस्य आज (शुक्रबार) निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वाेच्च अदालत जाँदै छन्।

बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा (प्रचण्ड–नेपाल समूह) स्थायी समिति बैठकले अहिले बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वाेच्च अदालत जाने निर्णय गरेको हो।

‘सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ बिहीबारको स्थायी समिति बैठकपछि स्थायी समिति सदस्य भीम आचार्यले भने, ‘हाम्रोतर्फ रहेका सबै सांसद शुक्रबार १० बजे सर्वोच्च अदालत र केन्द्रीय सदस्य दिउँसो १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ।’

बहुमत र हस्ताक्षरबारे पनि कुनै शंका नहोस् भनी त्यसो गर्न लागिएको उनले बताए।

आधिकारिक पार्टी आफू भएकाे दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च अदालत जाने निर्णय गरिएकाे प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपाले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .