त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ।
विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय गरिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए।
प्रतिक्रिया