ad ad

समाज


काठमाडौंमा एक दिनमै तापक्रम २ डिग्री घट्यो, चिसोले जम्यो कर्णाली नदी

काठमाडौंमा एक दिनमै तापक्रम २ डिग्री घट्यो, चिसोले जम्यो कर्णाली नदी

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ३:०,

काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिहान हिजो-अस्ती भन्दा निकै चिसो महसुस गरिएको छ।

बिहीबार भन्दा आज तापक्रम दुई डिग्री घटेकाले उपत्यकामा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार उपत्यकाको आकाशमा बादल हटेसँगै चिसो बढेको हो।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो।

आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।

यसैबीच हुम्लामा कर्णाली नदीको पानी चिसोको कारण जम्न थालेको छ। हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेको हो। नदीको पानी चिसोले जम्दा हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ।

चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियस पुगेको छ।

नाम्खा–५ हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेको सशस्त्रका इन्चाजै प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए। नदीको पानी बरफ बन्दा नदी नै सेताम्मे देखिन थालेको।

पानी जमेकाले बरफमाथिबाटै नदी वारपार गर्न सकिने भएको छ। चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए।

हिल्सा क्षेत्र कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु चिसो हुन्छ। अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । ‘तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ। अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन,’ केसीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .