काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि आजदेखि एक हप्ता लम्ब्याइएको छ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको यसअिघि नै बसेको संयुक्त बैठकले गरेको निर्णयअुनसार निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका लागि थप गरिएको हो।
थप भएको निषेधाज्ञा समयमा यसअघि भन्दा केही कुरा सहज बनाइएको छ।
आदेशअनुसार खाद्य पसल खोल्न पाइने समय बढाइएको छ भने पुस्तक र हार्डवेयर पसल पनि तोकिएको समयमा खोल्न पाइनेछ।
खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर, फलफूल पसल, पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने हार्डवेयर पसल अपराह्न ४ बजेदेखि खोल्न पाइने आदेशमा उल्लेख छ।
यस्तै होटल, रेस्टुरेन्टले अब ‘टेक अवे’ सेवा सुरु गर्न पाउने भएका छन्। अनलाईनमार्फत अर्डर लिएर बिहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
3
Shares
प्रतिक्रिया