ad ad

छापा खबर


राजतन्त्र फ्याँक्न ‘रअ’ले प्रचण्डलाई फकाउनुपरेको खुलासा

राजतन्त्र फ्याँक्न ‘रअ’ले प्रचण्डलाई फकाउनुपरेको खुलासा

नेपालखबर
भदौ १७, २०७६ मंगलबार २:३८,

भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्।

हालै प्रकाशित पुस्तकमा ‘इनसाइड नेपाल’ मा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा राजतन्त्रलाई संवैधानिक बनाउन र दोस्रो चरणमा राजनीतिक दलको आन्दोलनका बलमा हटाउन ‘रअ’ले गोप्य भूमिका निभाएको उल्लेख गरेका हुन्।

जसरी भए पनि राजतन्त्र हटाउन भूमिगत सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउनु परेको अवकाशप्राप्त अधिकारी भूषणले आफ्नो पुस्तकमा लेखेका छन्। रअले प्रचण्डलाई फकाउन लामो समय खर्चिएको पुस्तकमा चर्चा गरिएको छ। याे खबर आजको अन्नपूर्ण पाेस्टले छापेकाे छ। 

रअकै योजनाबमोजिम प्रचण्ड राजतन्त्रविरुद्ध नेपालका अन्य राजनीतिक दलसँग सहकार्य गर्न पुगेका पुस्तकको दाबी छ। ‘यसका लागि रअ र माओवादीबीच विभिन्न चरणमा छलफल भएका थिए। सुरुमा रअको योजनाप्रति माओवादी नेता प्रचण्ड आशंकित देखिन्थे। कतै पछि आफैं असुरक्षित भइने हो कि भन्ने त्रास प्रचण्डमा थियो, पुस्तक उद्धृत गर्दै भारतीय मिडिया डीएनए इन्डियाले लेखेको छ, ‘प्रचण्ड नेपालबाट राजतन्त्र उन्मूलन गर्ने विषय र त्यसपछिको अवस्थाबारे भारतीय गुप्तचर संस्था रअसँग विश्वस्त हुन चाहन्थे।’

प्रचण्ड रअसँग संशकित देखिएको पनि पुस्तकमा उल्लेख छ। माओवादी नेता प्रचण्डले रअ ब्यूरोप्रमुख जीवनाथनसँग ‘हामी राजाको शासनमा रहन्छौँ वा लोकतन्त्रमा जान चाहन्छौँ रु यसबारे किन तपाईंहरूको यति धेरै चासो भनेर प्रश्न गरेको समाचारमा जनाइएको छ।

पुस्तकमा जनाइएअनुसार सन् १९९० मा भारतीय गुप्तचर संस्था रअले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउने खेल शुरु ग‍र्‍यो। रअले नेपालमा आफूअनुकूल वातावरण तयार गर्न संवैधानिक राजतन्त्रमा सहज हुने पूर्वप्रमुख भूषणले ‘इनसाइड नेपाल’मा विस्तृत चर्चा गरेका छन्।

रअको जासुसी भिन्न विचार र आस्था बोकेका राजनीतिक दललाई एकजुट बनाउन मात्रै थिएन, आफ्नो प्रभाव अति गोप्य रूपमा गरी राजतन्त्र उन्मूलन गर्नु थियो। जीवनाथनले त्यसबेला नेपालमा आफ्ना गोप्य दलालहरू नियुक्त गरेका थिए। भूषणले आफ्नो पुस्तकमा संकेतात्मक रूपमा जीवनाथनको नाम उल्लेख गरेका छन्। उनले राजा वीरेन्द्रको शासनकालभर नेपालमा विशेष युनिट सञ्चालन गरेको उल्लेख गरेका छन्। जीवनाथनले राजतन्त्र उन्मूलन गर्ने उक्त एकाइ २०४५र०४६ मा बनाएको जनाइएको छ।

यसैको सहयोगमा नेपालमा शुरु भएको जनआन्दोलनलाई भारतीय सरकारले सहयोग गरेको थियो। तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको आन्दोलनलाई सहयोग गर्ने निर्णय ग‍रेको थियो। नेपालका राजालाई दबाब दिन विभिन्न चरणमा भएका प्रयास असफल भएका थिए। त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द गरेको थियो। नेपालमा उपभोग्य वस्तुको हाहाकार भएको थियो।

यसैको आडमा आन्दोलन अघि बढेको थियो। त्यसबीचमा राजा वीरेन्द्रले चीनसँग सहयोगका लागि अनुरोध गरेका गरेका थिए। त्यस बेला रअका प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको पुस्तकमा उल्लेख छ।

रअको अभियानपछि नेपालका अधिकांश नेताहरू रअका अधिकारीलाई भेट्न गएको ‘इनसाइड नेपाल’मा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .