ad ad

छापा खबर


मुख्यसचिवको कारण प्रधानमन्त्री अप्ठेरोमा

मुख्यसचिवको कारण प्रधानमन्त्री अप्ठेरोमा

नेपालखबर
असोज ८, २०७६ बुधबार ३:२,

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए।

‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति नोट बुकमा लेख्न लगाएको थिए तर त्यसको केही समयमै मेलम्चीको ठेक्का पाएको इटालियन कम्पनी सिएमसी नेपालबाट भाग्यो,‘ प्रधानमन्त्रीले बैठकमा भनेका थिए ,‘सचिवले ठेकेदार कम्पनी भाग्नुभन्दा अघिकै मितिमा आयोजना सम्पन्न हुने ब्रिफिङ गरेका थिए। सचिवले मलाई ढाँटे । जिम्मेवार व्यक्तिले गलत ब्रिफिङ गर्दा रहेछन् । राजनीतिक तहबाट सरकारलाई बदनाम गर्ने खेल पहिलेदेखि नै हुँदै आएको हे तर पछिल्लो समय सरकारी निकायबाटै भएको छ।’

आजको नागरिक दैनिकमा अर्जुन सुवेदीले लेखेको खबर अनुसार प्रधानमन्त्रीले सरकारलाई ढाँटेको भनेर खानेपानी सचिवलाई देखाएपनि यो सचिवमा मात्र सीमित छैन्।

मेलम्ची खानेपानीलगायतका आयोजनामा खानेपानीमन्त्री बिना मगर र तत्कालिन मचिव ठाकुरबीच स्वार्थ नमिलेका कारण विवाद बढेपछि मन्त्रालयअन्तर्गतका आयोजनाका उच्च अधिकारीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीलाई यस विषयमा जानकारी गराएका थिए तर रेग्मीले यो कुरा प्रधानमन्त्रीसमक्ष पु¥याएनन्।

‘मन्त्री र सचिवको झगडाले आयोजना पनि प्रभावित हुने भएपछि हामीले यस विषयमा मुख्य सचिवलाई पनि जानकारी गराएका थियौ,’ आयोजनाका एक वरिष्ठ कर्मचारीले भने,‘तर पछि कम्पनी भागीसकेपछि प्रधानमन्त्री ज्यूले आचर्य व्यक्त गर्नुभयो । मुख्य सचिवले यो विषयलाई किन संवेदनशील रुपमा लिनभएन, हामी पनि आश्चर्यमा छौं।’

यस्ता धेरै काममा नीति र कार्यान्वयनबीच पुलको रुपमा काम गर्नुपर्ने मुख्य सचिव र प्रधानमन्त्रीबीच समन्वय नहुँदा सरकारका थुप्रै निर्णय निष्प्रभावी र विवादित बन्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .