ad ad

समाज


कृषि विकास बैंकबाट ३ करोड लुटियो, १० जना पक्राउ

कृषि विकास बैंकबाट ३ करोड लुटियो, १० जना पक्राउ

नेपालखबर
असोज ८, २०७६ बुधबार ३:१९,

कृषि विकास बैंकको सिस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महाशाखाका एसएसपी सहकुल थापाले बुधबार दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताए।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत रहेका छन्।

कृषि विकास बैंकको विभिन्न शाखामार्फत रकम ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ। तर, कसरी निकालियो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।

प्रहरी स्रोतकाअनुसार ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .