फूलै फूलको पर्वका रुपमा लिइने तिहार सुरु भएसँगै काठमाडौँको इचंगुका किसान फूल टिप्न र माला बनाउन ब्यस्त छन्।
तिहारमा विशेष दाजुभाइलाई मात्र नभएर पशुपन्छीसम्मलाई पनि फूल र माला लगाउने प्रचलन भएका कारण पनि फूलको माग बढी हुने गरेको छ।
यतिबलेला माथिल्लो इचंगुका किसानहरु विभिन्न स्थानमा लगाइएका फूलहरु टिपेर बजारसम्म पु¥याउन ब्यस्त छन्। विगत केही वषीदेखि सो क्षेत्रका किसानहरुले तिहारमा प्रयोग हुने सयपत्री, मखमली फूलको व्यवसायिक खेती हुँदै आइरहेको छ।
अन्य बालीभन्दा फूलबाट दोब्बर भन्दा पनि बढी आम्दानी हुनेभएपछि किसानहरु फूल खेतितर्फ आकर्षित भएका हुन्। एउटै किसानले यो क्षेत्रमा सात रोपनीसम्ममा फूल खेती गरेका छन्।
प्रतिक्रिया