आज जुन २१। पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
दिवसका अवसरमा आज (शुक्रबार) बिहान अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले काठमाडौंमा प्रभातफेरी सम्पन्न गरेको छ।
प्रभातफेरीपछि लाजिम्पाटस्थित ला शेर्पा रेष्टुरेन्ट परिसरमा योगाभ्यास गरिएको थियो।
दिवसको अवसरमा राष्ट्रिय सभागृहमा औपचारिक समारोह पनि आयोजना गरिएको छ। सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने कार्यक्रम छ।
योग दिवसका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा योगाभ्यास गरिएको छ। तिनलाई नेपालखबरका फोटोग्राफर प्रविन कोइरालाले क्यामेरामा कैद गरेका छन्। हेरौं केही तस्बिरः
प्रतिक्रिया