परासी ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ। प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन्। भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई÷दुई एमएलको १००-१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो। उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताए। रासस
प्रतिक्रिया