अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले धरपकड गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन घेर्न पुगेका प्रदर्शनकारीमाथि निषेधित क्षेत्र नाघेको भन्दै प्रहरीले पानीको फोहरा हानेको हो।
एमसिसी संसदमा टेबल गर्न लागेको भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन, एकीकृत समाजवादीसहित अन्य समूह आन्दोलनमा उत्रिएका थिए।
बानेश्वरमा नो एमसीसी नारा लेखिएका पर्चा र पम्प्लेटसहित उत्रिएकाहरुमाथि प्रहरीले धरपकड गर्यो। संसदभित्र एमालेको नाराबाजी चलिरहँदा बाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।
बानेश्वरसहितका स्थानमा प्रदर्शनमा उत्रिएका ४० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।
90
Shares
प्रतिक्रिया