नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धनविरुद्ध निरन्तर प्रदर्शन गरिरहेको छ।
पछिल्लो समय पेट्रोलियम पदार्थसहितमा भएको मूल्य वृद्धिविरुद्ध युवा संघ अनौठो शैलीमा प्रदर्शन गरिरहेको हो।
मंगलबार मात्रै युवा संघले बानेश्वरको सडकमा नमूना संसद खडा गरेर प्रदर्शन गरेको थियो।
युवा संघले बिहीबार बानेश्वरमा प्रतीकात्मक प्रदर्शन गर्दै स्कुटर र मोटरसाइकललगायत सवारीसाधन कवाडीको मूल्यमा विक्रीमा राखेर प्रदर्शन गर्यो।
संघले त्यसक्रममा सभामुख अग्नि सापकोटा, संस्कृति मन्त्री प्रेम आलेसहितविरुद्ध चर्का नाराबाजी पनि गरेको छ।
संघले पेट्रोलभन्दा सस्तो भन्दै प्रदर्शनमा राखेको स्कुटर प्रतिकेजी २५ रूपैयाँ र मोटरसाइकल ३० रूपैयाँ विक्री मूल्य तोकेको थियो।
102
Shares
प्रतिक्रिया