सरकारले बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल गरेको छ।
सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीसम्बन्धी विवादित प्रस्ताव संसदमा पेश गरेका हुन्।
सरकारले एमसीसी प्रस्ताव पेश गर्दै गर्दा सत्तारुढ माओवादी र नेकपा एकीकृत समाजवादी पनि विरोधमा उत्रिए।
त्यस्तै जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका सांसदले पनि चर्को विरोध गरे। अर्कातिर एमालेका सांसदहरुले संसदमा नाराबाजीलाई निरन्तरता दिए।
201
Shares
प्रतिक्रिया