सरकारले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल गरेका दिन आइतवार नयाँ बानेश्वरदेखि बिजुली बजार क्षेत्र तनावग्रस्त बन्यो।
एमसीसीमा समर्थन जनाएका सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकै कार्यकर्ताहरु सडकमा उत्रेपछि प्रहरीलाई स्थिति सम्हाल्न मुस्किल परेको छ।
आइतवार अपरान्ह विरोध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच बिजुली बजार क्षेत्रमा हिंसात्मक झडप भइरह्यो।
त्यसक्रममा प्रहरीले रबरको गोलीसमेत चलाएको छ। त्यस्तै दर्जनौँ सेल अश्रुग्यास हानिएको छ।
उता प्रदर्शनकारीले सडक र फुटपाथका इँटा निकालेर प्रहरीमाथि बर्साएका छन्। त्यस्तै उनीहरुले सडकमा बोटबिरुवा भाँच्नेदेखि, डिभाइडर तोडफोड र प्रहरीका सूचनामा तोडफोडसम्म गरेका छन्।
375
Shares
प्रतिक्रिया