अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि संसदमा छलफल सुरु हुने भएपछि अखिल क्रान्तिकारीले बुधबार साँझ मसाल जुलुस निकालेको छ।
एमसीसी प्रस्ताव राष्ट्रघाती भन्दै माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले काठमाडौंको नयाँ बानेश्वरमा एमसीसीविरुद्ध मसाल जुलुस निकालेका हुन्।
माओवादी केन्द्र यथाअवस्थामा एमसीसी पास गर्न नहुने पक्षमा छ। संशोधन नगरी अघि बढाइए विपक्षमा उभिने पनि माओवादीले जनाएको छ।
बिहीबार बस्ने संसद बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव छलफलका लागि माओवादीकै नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले पेश गर्दैछन्।
132
Shares
प्रतिक्रिया