अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर एक सातायता नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ।
आइतवार संसदमा एमसीसी पेश गरेसँगै सत्तारुढ दलकै कार्यकर्ताले बानेश्वरलाई तनावको केन्द्र बनाइरहेका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका कार्यकर्ता सडकमा उत्रिएपछि आइतवार प्रहरीमाथि आक्रमक बनेका थिए।
तर बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीमाथि आक्रमण भएमा चुप नबस्ने चेतावनी दिएका थिए।
यससँगै बल प्रयोगको निर्देशन पाएपछि आक्रमक बनेको प्रहरीले बिहीबार बानेश्वरको मुख्य सडकमा प्रदर्शनकारीलाई आउन दिएको छैन।
सत्ता गठबन्धन टुट्ने बिन्दुमा पुगेका बेला माओवादी र समाजवादीका कार्यकर्ताहरु आन्दोलित भइरहेका छन्।
तर बहुमत नपुग्ने अवस्था आएपछि बिहीबारको संसद बैठक भने स्थगित भएको छ।
87
Shares
प्रतिक्रिया