अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार बक्सिङ प्रतिस्पर्धा भएको छ।
ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ प्रतिस्पर्धा गरिएको हो।
एलओडी क्लब र बक्समान्डु जिमसहितको आयोजनामा एलओडीमा बक्सिङ प्रतिस्पर्धा भएको हो।
यो प्रतियोगितामा ४९ केजीदेखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी थिए।
प्रतिस्पर्धामा प्रतिष्ठा अर्याल, माया गुरुङ, सुष्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल सहभागी भए।
नारी सशक्तीकरणका लागि महिलाहरू सक्षम रहेको सन्देश दिन यो प्रतिस्पर्धा गराइएको एलओडीका निर्देशक भुपेनशमशेर कुँवरले बताए।
33
Shares
प्रतिक्रिया