रंगहरुको पर्व होली बिहीबार राजधानी उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा मनाइँदैछ।
यो पर्व एकआपसमा सद्भाव र खुसी साट्दै मनाउने गरिन्छ। फागु अर्थात होली पर्व नेपालमा राजधानी काठमाडौंको वसन्तपुरबाट सुरु गरिन्छ।
वसन्तपुरस्थित हनुमानढोका परिसरमा चीरोत्थान गरेर होलीको प्रारम्भ गरिने चलन छ।
फागुन शुल्क अष्टमीका दिन चीरोत्थान गरेसँगै होलीको शुरुवात हुन्छ। यस्तोमा होलीको दिन बिहीबार वसन्तपुर उत्सवमय देखिएको छ।
यो पर्व मनाउन बिहीबार वसन्तपुर र ललितपुरको पाटन दरबार स्क्वायरमा उच्च पदस्थ सरकारी अधिकारीदेखि सर्वसाधारणसम्म जम्मा भएका छन्।
होली मनाउन पाटन दरबार क्षेत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पनि पुगे।
ललितपुरका मेयर चिरिबाबु महर्जनसमेत होली मनाउन पाटन दरबार स्क्वायर पुगेर खुसी साटासाट गरेका छन्।
यो पर्व सात दिनसम्म रङ खेलेर मनाइन्छ। फागु पूर्णिमाको दिन चीर विसर्जन गरेर होली समापन गरिन्छ।
Shares
प्रतिक्रिया