राजधानीको ठमेलमा बिहीबार अपरान्ह साउथ एसियन प्रो बक्सिङ च्याम्पियनसिप प्रतियोगिता भएको छ।
ठमेलस्थित फरेन हाइट क्लबमा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा पाँचवटा खेल खेलाइएको थियो।
यो प्रतियोगितामा भारत र बंगलादेशका दुई खेलाडी पनि सहभागी गराइएको थियो।
नेपाली बक्सरले बंगलादेशी खेलाडीसँग प्रतिस्पर्धामा पराजित हुन पुगे। तर भारतविरुद्धको खेलमा भने नेपालका महेन्द्रजंग ठकुरी विजयी भए।
उनले जितसँगै ६० हजार रूपैयाँ पनि प्राप्त गरेका छन्। बिहीबार अपरान्ह ४ बजे सुरु गरेर साँझ ७ बजे सकिएको इन्डोर बक्सिङ हेर्ने दर्शकको उल्लेख्य भिड थियो।
51
Shares
प्रतिक्रिया