बहुप्रतिक्षित जनकपुर-जयनगर रेल सेवा शनिबारदेखि विधिवत रुपमा संचालनमा आएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट झण्डा हल्लाएर संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सेवा संचालनमा आएको हो।
उद्घाटनको लागि रेललाई नव दुलहीझैँ सिँगारिएको थियो।
उद्घाटनलगत्तै बिहारको जयनगर रेल्वे स्टेसनबाट रेल जनकपुरको लागि गुडेपछि नेपालीहरु खुसी देखिए।
ठाउँ ठाउँ तथा रेल्वे स्टेशनहरुमा सर्वसाधारणले नेपाल भारतको झण्डा हल्लाउँदै ताली बजाएर स्वागत गरेका थिए ।
रेल्वे स्टेशनमा खचाखच सर्वसाधारणको भीड लागेको थियो। सजाइएको रेलसँगै फोटो र सेल्फी खिच्न सर्वसाधारण व्यस्त देखिन्थे।
जनकपुर रेल्वे स्टेशनमा विद्यार्थीहरु लाम लागेर झण्डा हल्लाउँदै रेलको स्वागत गरे।
झण्डै आठ वर्षपछि रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र जयनगरका व्यवसायी तथा सर्वसाधारण उत्साहित छन्।
व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत रेलले ठूलो टेवा पुग्नेमा विश्वास सर्वसाधारणले लिएका छन्।
Shares
प्रतिक्रिया