बाला चतुर्दशी अन्तर्गत आइतबार दिवंगत पितृका नाममा दीप दान गरिदैँछ। साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ।
दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनहरु पुग्नेक्रम जारी छ। प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउने गर्छन्। बत्ती बाल्न बस्ने ठाउँ ओगट्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्छ।
आफ्ना आफन्त तथा परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।
दीप दानका अवसरमा आइतबार राति पशुपतिनाथ परिसरमा देखिएको दृश्य नेपालखबरकर्मी प्रविन कोइरालाले आफ्नो क्यामरामा कैद गरेका छन्।
प्रतिक्रिया