यही मंसिर १५ देखि हुने १३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियाेगिताका लागि अहिले धमाधम दशरथ रंगशाला सिँगारिँदै छ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त उक्त रंगशाला पुनर्निमाण अन्तिम चरणमा पुगेकाे छ। रंगशालाको भीआईपीतर्फ प्याराफिटमा छानो हाल्न र फिनिसिङ गर्न मात्र बाँकी छ।
भूकम्पको ४ वर्षपछि दशरथ रंगशालामा सोमबार नेपाली खेलाडीले अभ्यास गरेका थिए।
यस रंगशालालाई १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन स्थलका रूपमा राखिएको छ।
नेपालखबरले राति क्यामेरामा कैद गरेकाे दशरथ रंगशाला :
3
Shares
प्रतिक्रिया