काठमाडौंको गौशाला चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
यही असार २ गते राति कुमारीगालस्थित समता अस्पतालमा काम गर्ने रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङको रहश्यमय मृत्यु भएको विरोधमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको हो।
झुन्डिएको अवस्थामा मृत फेला परेकी तामाङको हत्या भएको भन्दै आफन्त तथा स्थानीयले गौशालास्थित प्रहरी कार्यालय घेराउ गरेका छन्।
प्रदर्शनकारीले गौशालाचोक बन्द गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
प्रदर्शनकारीले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलविरुद्ध नाराबाजी गर्दै उनलाई पक्राउ गर्न माग गरेका छन्।
मृतक बिमला अस्पतालकी क्लिनर अर्थात् सफाइ कर्मचारी हुन्। अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएकी थिइन्।
घटना घटेको दिन असार ३ गते पनि स्थानीयले सो अस्पताल घेराउ गरेका थिए।
असार ८, २०७६ आइतबार ९:४३
प्रतिक्रिया