बुधबार धान दिवसका अवसरमा देशभरका खेत रमितलाग्दो देखिएका छन्।
असार १५ परेको राष्ट्रिय धान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि किसानसम्म धान रोप्न खेतमा पसे।
दही चिउरा खाएर धान रोप्न व्यस्त किसानलाई सघाउन र हिलो खेल्न खेतमा पस्नेको संख्या ठूलो छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरुटारमा धान रोपाइँ कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली धान रोप्न पुगेका थिए उनलाई पत्नी राधिका शाक्यले साथ दिइन्।
ओलीले सिरुटारमा मेसिनबाट धान रोपेका छन्। त्यहाँ एमालेका सयौँ नेता कार्यकर्ता धान रोप्न जुटेका थिए।
धान रोप्ने क्रममा ओलीले उपत्यकामा प्लटिङ र बस्ती बढ्दा खेती मासिएको गुनासो गरे।
78
Shares
प्रतिक्रिया