ad ad

फोटोफिचर


राहदानी विभागमा पनि पस्यो महानगर, पार्किङलाई खाली गरियो बेसमेन्ट (तस्बिरहरु)


सरोज बैजु
भदौ १०, २०७९ शुक्रबार १४:४७, काठमाडौँ

बारम्बार बैठक बस्दा पनि समस्या समाधान नभएपछि काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ खाली गरेको छ।

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वमा पुगेको टोलीले विभागले अटेरी गरेपछि पार्किङमा राखिएका कुर्सीसहितका सामान हटाएर खाली गरेको हो।

त्यसक्रममा राहदानी विभागमा महानिर्देशक सुरेन्द्र कुमार यादवले मानवीय सहायताका लागि बेसमेन्टमा कुर्सी राखिएको तर्क गरेका थिए। 

तर पार्किङको स्थान अरु कामका लागि प्रयोग गरिँदा हजारौँ सेवाग्राहीका सवारीसाधन सडकमै राखिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको थियो।

यादवले उनले दैनिक हजारौं सेवाग्राही आउने भएकाले बेसमेन्टमा यात्रु बस्ने कक्ष बनाइएको तर्क गरेका थिए। 

‘त्रिपुरेश्वरमा राहदानी, कन्सुलर विभागसहित ३ वटा कार्यालय छन्,’ महानिर्देशक यादवले भने,‘धेरै सेवाग्राही हुँदा मानवीय सहायताका लागि बेसमेन्टमा प्रयोग गरेका छौं।’

महानगर प्रहरी प्रमुख पाण्डेले झ्याल नभएको ठाउँमा मानिस राख्नु राम्रो नहुने बताएका छन्। 

‘महानिर्देशकले मानवीय सहायताका लागि बेसमेन्टमा यात्रु कक्ष बनाइएको बताउनु भयो। तर झ्याल नभएको ठाउँमा सर्वसाधरणलाई राख्नु उपयुक्त हुँदैन,’ पाण्डेले भने,‘पार्किङ प्रयोजनको लागि पास भएको भवन अरु काम गर्न पाइँदैन।'

ट्राफिक प्रहरीका एसपीले महानगरलाई सहयोग मात्रै गरेको बताए। 

महानगर प्रहरीले राहदानी विभागको बेसमेन्टमा रहेका कुर्सी लगायतका सामाग्री  हटाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .