ad ad

फोटोफिचर


आईसीयूमा राख्नुपर्ने बिरामी जब भुइँमा बजारिए (तस्बिरहरु)


सरोज बैजु
भदौ १३, २०७९ सोमबार १७:३२, काठमाडौँ

सोमबार दिउँसो राजधानीको चाबहिलस्थित ओम अस्पतालबाट डेंगुका एकजना गम्भीर बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर भए। 

आईसीयूमा राख्ने गरी रिफर गरिएका ती बिरामीलाई आफन्तसहितले एम्बुलेन्समा हालेर टेकु अस्पतालमा पुर्‍याए।

डेंगु संक्रमणले गम्भीर बिरामी परेका ती पुरुषलाई एम्बुलेन्सबाट निकालेर टेकु अस्पतालमा भर्ना गर्नुपर्ने थियो।

त्यही बेला ती बिरामीलाई लिन टेकु अस्पतालका स्वास्थ्यकर्मी एम्बुलेन्ससम्म आइपुग्छन्। ती स्वास्थ्यकर्मीमध्ये एकजना झर्को गरिरहेका हुन्छन्।

बिरामीलाई एम्बुलेन्सबाट स्ट्रेक्चरमा निकालेर अस्पतालको आईसीयू वार्डमा लैजानुपर्ने थियो।

तर झर्किरहेका टेकु अस्पतालका ती स्वास्थ्यकर्मीले स्लाइन पानी चढाएकै अवस्थामा ल्याइएका बिरामीलाई राम्ररी सम्हालिरहेका थिएनन्।

झर्किँदै बिरामी राखिएको स्ट्रेक्चर उनले पनि समाते। तर बलियोसँग समात्नुपर्ने स्ट्रेक्चर उनको लापरबाहीले कोल्टियो।

स्ट्रेक्टर कोल्टिएसँगै डेंगु संक्रमणले गम्भीर बिरामी परेका ती पुरुष बिरामी एक्कासि भुइँमा बजारिन पुगे। अस्पतालका कर्मचारीको लापरबाहीले आईसीयुमा लाने बिरामी भुइँमा बजारिएपछि हत्तपत्त उठाइयो।

टेकु अस्पतालका ती कर्मचारी रिसाएर स्ट्रेक्चरको एकातिर समातिदिँदा बजारिएका बिरामीलाई तत्कालै उठाएर आईसीयू वार्डतिर लगियो। 

अस्पतालका कर्मचारीको यो व्यवहारलाई लिएर ती पुरुष बिरामीका आफन्त गुनासो गरिरहेका थिए। तर त्यहाँ उनीहरुको गुनासो कसैले सुनिरहेका थिएनन्। 

पछिल्लो समय काठमाडौंमै लामखुट्टेको एक प्रजातिले टोकेर डेंगु हुने बिरामी बढेका छन्। केही बिरामीमा गम्भीर स्वास्थ्य समस्या पनि देखिँदा आईसीयूको आवश्यकता परेको छ। 

बिरामी

टेकु अस्पतालका प्रशासन प्रमुख नवराज गौतमले पछिल्लो समय डेंगुका बिरामीको संख्या बढ्दै गएको बताएका छन्। 

उनका अनुसार टेकु अस्पतालमा अहिले दैनिक डेंगुको लक्षण भएका ५० भन्दा धेरै बिरामी आइरहेका छन्। 

अहिले टेकु अस्पतालमा भर्ना नै भएर २२ जना डेंगु संक्रमितको उपचार भइरहेको छ। 

गौतमका अनुसार यसअघि २०७६ मा काठमाडौंमा अहिलेकै स्तरमा डेंगुका बिरामी भेटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .