३ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख चाङ्सु ली सहितको प्रतिनिधिमण्डलको टोली मंगलबार (२८ भदौ) बिहानैदेखि भेटवार्तामा व्यस्त छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा चाङ्सुले राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन्। संसद भवनमै सांसदहरुसँग केहीबेर भेट गरेर कालीमाटीस्थित होटल सोल्टीमा खाना खाने कार्यक्रम रहेको जनाइएको छ।
चाङ्सु भेटवार्तामा ब्यस्त भइरहँदा काठमाडौंका सडक भने अस्तव्यस्त बनेका छन्। बिहानैदेखि काठमाडौंका सडकमा सवारी चाप बढेको छ।
ट्राफिक प्रहरी कार्यालय, काठमाडौंले समेत वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेट हुने बताइएको छ। दिनभर जसो आज राजधानीका सडक जाम हुने हुँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।
चिनियाँ नेताको सवारीका कारण अस्तव्यस्त काठमाडौंः
Shares
प्रतिक्रिया