आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवायुवतीको लाम लागेको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्दा आवेदन दिन हजारौँ युवा लामबद्ध थिए।
सरकारले नेपाल प्रहरीमार्फत १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ।
आज (भदौ ३०) देखि असोज ६ गतेसम्म कार्यालय समयमा दरखास्त दिन सकिने छ।
असोज ९ देखि असोज १४ सम्म छनौट प्रारम्भ हुने बताइएको छ भने असोज २५ मा नतिजा प्रकाशित हुने छ। असोज ३० देखि कार्तिक ८ सम्म म्यादी प्रहरीको तालिम हुने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
४० दिनको कार्य अवधि ४० तथा लुगा र खाद्यान्नबाहेक पाउने ३४ हजार ७६० रुपैयाँ पारिश्रमिकका लागि म्यादी प्रहरीमा भर्ना हुन युवा युवती लालायित देखिएका छन्।
51
Shares
प्रतिक्रिया