गण्डकी प्रदेशमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिबत समापन गरिएको छ।
बिहीबार पोखरा रंगशालामा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन गरे।
समापन समारोहमा हजारौँको संख्यामा खेलाडी तथा खेलप्रेमी सहभागी भएका थिए।
उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको कार्यक्रममा विभिन्न झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो भने साँझ आतिसबाजी गरिएको छ।
योसँगै असोज २८ गतेदेखि शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिदाइ गरिएको छ।
साथै, आगामी २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा दशौँ प्रतियोगिता आयोजना गर्ने गरी कर्णाली प्रदेशलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरिएको छ।
27
Shares
प्रतिक्रिया