कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा किसानसँगै पत्रकारलेसमेत फूल खेती गरेका छन्।
तिहारका लागि उनीहरुकले बजारको मागअनुसार विभिन्न प्रजातिका फूल फुलाएका हुन्।
वीरेन्द्रनगर नगरपालिका–३ पतेनीरोड नजिक झरना नर्सरीका संचालन धनबहादुर थापाले फूलका ६० हजार बिरुवा उत्पादन गरेर बेचेका थिए।
चार कठ्ठा जग्गमा पुष्प व्यवसाय गरेका उनले अन्य किसानलाई विरुवा वितरण गरेका थिए।
त्यस्तै वीरेन्द्रनगर–८ खजुरामा पत्रकार हरिहरसिंह राठौरले पनि पुष्प व्यवसाय गरेका छन्।
तिहार नजिकिँदै गर्दा फूल टिप्न र माला उन्न भ्याइनभ्याइ छ। अहिले उनी पत्रकारितासँगै फूलखेतीमा रमाएका छन्।
पत्रकार राठौर बजारमा प्लाष्टिकका माला आउन थालेपछि तिनलाई विस्थापित गर्न खेतीमा लागेको बताउँछन्। उनले फूलको माया स्थापित गर्न पनि पुष्प व्यवसाय सुरुवात गरेको बताए।
२०५० सालमा पत्रकारिता क्षेत्रमा होमिएका राठौरले पत्रकारितासँगै वीरेन्द्रगरमा पुष्प व्यवसाय गर्दै आएका छन्।
यस्तै, वीरेन्द्रनगर नगरपालिका–३ का इन्द्रजित सुनारले सयपत्री फूलको खेती गरेका छन्।
उनले वीरेन्द्रनगर–३ ऐरी चोकको पश्चिमतर्फको साढे तीन कट्ठा जमिनमा फूल खेती गरेका हुन्।
इन्द्रजितले कृषिमा स्नातकोत्तर गरेका छन्। आफूले आर्जन गरेको ज्ञान फूल उत्पादनमा लगाएको उनले सुनाए।
सुनारले अघिल्लो पट्क थाइल्याण्डबाट आयात हुने ‘कर्मा–५५५’ जातको फूल लगाएका थिए।
सयपत्री फूलको सबै हाँगाहरूमा फूल लाग्ने गर्छ। एक लाख लगानी गरिएको खेतीबाट तीन लाख रुपैयाँ सम्मको कारोबार गरेका थिए। तर, केही समयअघि परेको अविरल वर्षका कारण फूलहरु आशिंक क्षति गरेको छ।
फुलहरुको महत्व नबुझ्नेहरुले प्लाष्टिकका माला लगाउने गरे पनि पछिल्लो समय सचेत भइसकेका छन्।
फूलको महत्व बुझ्दै गएका छन्। यी किसानहरुले तयार पारिएको एउटा मालालाई १५० रुपैयाँमा बिक्री गरिने छ। केजीको हिसाबमा किन्नेलाई चारसय रुपैयाँमा बिक्री गरिहेका छन्।
तिहार नजिकिएसँगै फूलको माग पनि बढ्न थालेको छ। कर्णाली प्रदेश तथा छिमेकी लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङलगायत जिल्लाबाट माग आएको छ।
सरकारले तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीका फूल विक्री वितरणमा रोक लगाएपछि पुष्प व्यवसायी उत्साहित छन्।
Shares
प्रतिक्रिया