ad ad

फोटोफिचर


छठपूजाका लागि चिटिक्क सजाइयो गौरीघाट (तस्बिरहरु)


सरोज बैजु
कात्तिक १२, २०७९ शनिबार २१:३१, काठमाडौँ

सामाजिक सद्भाव एवम् एकताको पर्वका रूपमा छठपर्व मनाउन काठमाडौंको गौरीघाटस्थित बागमती किनार सजाइएको छ। 

गौरीघाट क्षेत्रमा ५२० वटा घाट निर्माण हुनेछन्। त्यहाँ पूजा गर्ने व्यक्तिसँग छठ पूजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै भक्तजन जम्मा भएर छठपूजा गर्ने गौरीघाटलाई पन्डाल, झिलिमिली बत्ती र केराका बोटसहितले सजाइएको हो। 

छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। 

छठपर्वका लागि काठमाडौंसँगै ललितपुर र भक्तपुरका पोखरी र खोला सिङ्गारिएका हुन्। 

केही वर्षअघिसम्म यो पर्व तराईका बासिन्दाले मात्रै मान्दै आएका थिए। तर अहिले पहाडी जिल्ला र उपत्यकामा पनि मनाइन्छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .