ad ad

फोटोफिचर


गौरीघाटमा छठको रौनक, ब्रतालुले दिए सूर्यलाई अर्घ्य (फोटो फिचर)


सरोज बैजु
कात्तिक १३, २०७९ आइतबार १८:२८, काठमाडौँ

सामाजिक सद्भाव एवम् एकताको पर्वका रूपमा छठपर्वको पहिलो दिन आइतवार काठमाडौंको गौरीघाटस्थित बागमती किनारबाट ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। 

गौरीघाट क्षेत्रमा निर्माण गरिएका ५२० वटा घाटबाट ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पहिलो दिनको ब्रत टुंग्याएका हुन्। 

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै भक्तजन जम्मा भएर छठपूजा गर्ने गौरीघाटलाई पन्डाल, झिलिमिली बत्ती र केराका बोटसहितले सजाइएको छ। 

त्यहाँ पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत छठी माताको पूजा आराधना गरेकी छन्। 

अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरी र गौरीघाटलाई झकिझकाउ पारिएको थियो। काठमाडौंका कमल पोखरी, गौरीघाट र भक्तपुरका ताल र पोखरीमा छठ भव्यरुपमा मनाइँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .