उदाँउदो सूर्यलाई अर्घ्य दिई आज छठको समापन गरिएको छ।
छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो।
बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन्। मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।
रातभर निरहार ब्रत बसे सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन भएको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै भक्तजन जम्मा भएर छठपूजा गर्ने गौरीघाटलाई पन्डाल, झिलिमिली बत्ती र केराका बोटसहितले सजाइएको थियो।
त्यहाँ पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत आइतबार छठी माताको पूजा आराधना गरेकी थिइन्। सोमबार बिहान रातभर ब्रत बसेका ब्रतालुहरुले उदाँउदो सूर्यलाई अर्घ्य दिएका छन्।
69
Shares
प्रतिक्रिया