तराई क्षेत्रमा दाजु र बहिनीबीचको प्रेम प्रतीक मानिएको सामा–चकेवा पर्व सुरू भएको छ। छठ पर्वको भोलिपल्टदेखि ९ दिनसम्म मनाइने यो पर्व विशेषगरी मधेशी र थारु समुदायले मनाउने गर्दछन्।
दिदीबहिनीहरूले घर–आँगनमा जम्मा भइ दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीका लागि गीत गाउँदै यो पर्व मनाइन्छ।
सामालाई महिला र चकेवालाई पुरुषका रूपमा लिने गरिन्छ। कात्तिक पूर्णिमा दिन यो पर्व विशेष रूपमा मनाउँदै सोही राति यसको समापन हुन्छ।
सर्लाहीको जब्दि गाउँपालिका क्षेत्रमा पनि दिदीबहिनीहरु जम्मा भएर गीत गाएका छन्।
33
Shares
प्रतिक्रिया