नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको चुनावी मैदानमा छन्।
पुरानै प्रतिस्पर्धी नेकपा एमालेका डा. राजन भट्टराईको चुनौती सामना गरिरहेका उनी निर्वाचन क्षेत्रका घर घरमा पुगिरहेका छन्।
बुधबार बिहान उनी काठमाडौं वडा नम्बर ३० स्थित मैतीदेवी क्षेत्रमा भोट मागिरहेका थिए।
भोट माग्ने क्रममा उनी घर घरदेखि करेसा र बारीमा काम गरिरहेका मतदाता पनि भेटिरहेका छन्।
केही समर्थक र कार्यकर्तासहित उनी निधारमा टीका र गलामा खादा पहिरिँदै भोट मागिरहेका भेटिए।
काठमाडौं ४ मा उनी यो पटक जितेमा आफू कांग्रेसबाट प्रधानमन्त्री हुने तर्क गरिरहेका छन्।
प्रतिनिधिसभामा जान सके संसदीय दलमा भिडेर प्रधानमन्त्रीको दाबेदार हुने तर्क उनले गरेका छन्।
36
Shares
प्रतिक्रिया