निर्वाचन आयोग परिसरमा यतिबेला गाडीको ताँती लागेको छ। निर्वाचन आयोगले हरेक निर्वाचनमा नयाँ गाडी पाउने गरेको छ।
मंसिर ४ मा हुँदै गरेको निर्वाचनमा पनि आयोगले ८० वटा गाडी पाइसकेको छ। ती गाडी अहिले आयोगको केन्द्रीय कार्यालय बहादुर भवन परिसरमै छन्।
सरकारको अनुरोधमा भारतबाट सहयोग स्वरूप यसपटक २ सय वटा गाडी उपलब्ध भएका छन्। जसमध्ये १२० वटा सुरक्षा निकायले र ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। आयोगका अनुसार यी सवारीसाधन चुनावका दौरान प्रयोग हुनेछन्।
45
Shares
प्रतिक्रिया