विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंको गौशालामा दीप प्रज्वलन गरिएको छ।
माइती नेपाल नामक संस्थाले बुधबार साँझ दीप प्रज्वलन गरेको हो।
त्यसक्रममा एचआइभी एड्सको सांकेतिक चिह्न बनाएर त्यसमाथि मैनबत्ति बालिएको थियो।
भोलि (डिसेम्बर१ तारिख) विश्वभर एड्स दिवस मनाइँदै छ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।
हाल विश्वमा करिव ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ। राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा ४० हजार भन्दा बढी मानिस एचआईभी एड्स संक्रमित रहेका छन्।
अहिलेसम्म ३५ मिलियनभन्दा बढी मानिसको एचआईभीका कारण मृत्यु भएको छ।
18
Shares
प्रतिक्रिया