काठमाडौं महानगरपालिका र नेपाली सेनाले बुधबारदेखि संयुक्त रूपमा दुई दिने बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
महानगरपालिकाका प्रमुख बालेन्द्र साह र प्रधानसेनापति प्रभुराम शर्माले शिविरको सुरुवात गरेका छन्।
भद्रकालीस्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा दीप प्रज्वलन गरेर शिविरकाे सुरु गरिएको हो। २८ औँ महानगर दिवसको उपलक्ष्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएकाे हाे।
शिविरमा सर्जरी, स्त्रीरोग, नाक कान घाटी, दाँत, छाला रोग, मानसिक रोगी, बाल रोग, आँखा रोगलगायतका सेवा उपलब्ध छ।
बिहान ८ बजेदेखि १२ बजेसम्म दर्ता र १० बजेदेखि अपरान्ह ३ बजेसम्म चेकअप हुने महानगरले जनाएकाे छ।
75
Shares
प्रतिक्रिया