प्रतिनिधिसभाको बैठकको समय नजिकिँदै गर्दा सिंहदरबारभित्र धमाधम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको कार्यालय बनिरहेको छ।
मंसिर ४ को चुनावबाट प्रतिनिधिसभामा सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। ती सबै दलले सिंहदरबारभित्र संसदीय दलको कार्यालय पाउने भएका छन्।
यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसमेत राष्ट्रिय दल बनेपछि उनीहरुका लागि संसद सचिवालय भवनक्षेत्रमा कार्यालय तयार हुँदैछ।
अहिले कर्मचारीहरु संसदीय दलको बोर्ड राख्नेदेखि कार्यालय सजावटको काममा पनि जुटिरहेका छन्।
यही पुस ७ गते प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सांसदहरुको सपथ कार्यक्रम तय भइसकेको छ। त्यसअघि नै संसदीय दलको कार्यालय तयार गरिनेछ।
15
Shares
प्रतिक्रिया