ad ad

फोटोफिचर


दलको नेता भएपछि देउवाका सात तस्बिर


सरोज बैजु
पुस ६, २०७९ बुधबार ११:२६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि संसदीय दलको नेतामा विजयी भएका छन्। २०७४ को निर्वाचनपछि दलको नेता भएर उनी डेढ वर्षयता प्रधानमन्त्री पदमा छन्। 

मंसिर ४ को निर्वाचनमा डडेल्धुराबाट भारी मतसहित विजयी उनले दलको चुनावमा पनि महामन्त्री गगन थापालाई फराकिलो अन्तरले हराए।

संघीय संसदको प्रतिनिधिसभातर्फ कांग्रेसका ८९ सांसदमध्ये बुधबार भएको मतदानमा देउवाको पक्षमा ६४ र थापाको पक्षमा २५ मत खस्यो।

दलको नेता भएसँगै देउवाका लागि छैटौँ पटक प्रधानमन्त्री हुने बाटो खुलेको छ। दलको नेता बनेपछि देउवाले अब पार्टीलाई राम्रो बनाएर अघि बढाउने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .