प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदैछन्।
उनलाई नेपाली कांग्रेसले समेत समर्थन गरेपछि प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको बनेको छ।
प्रचण्डले विश्वासको मत लिँदै गर्दा संसदमा विभिन्न दृश्य देखिए। कोही स्कुटीमा लिफ्ट माग्दै पुगेका थिए भने कोही संसद भवनको चौरमा भेटिए।
संसद भवन परिसरमा सरकारलाई दुईबाहेक सबै दलको समर्थन जुट्दै गर्दा प्रचण्ड उत्साहित देखिन्थे।
अर्कातिर अन्तिममा समर्थन गरेपछि देउवा पनि प्रसन्न मुद्रामा देखिए। सबैजसो सांसदहरु सरकारको पक्षमा देखिँदा संसदको माहोल पनि फरक देखिएको थियो।
48
Shares
प्रतिक्रिया