माघे संक्रान्तिका अवसरमा आइतवार नुवाकोटको तारुकामा २८ हल गोरु जुधाइएको छ।
तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा माघेसङ्क्रान्ति मेलाका दिन गोरु जुधाइएको हो।
‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठका अनुसार किसानहरुले वर्षभरि स्याहारेर ल्याएका गोरु जुधाइएको हो।
यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गरिएको हो।
यो पटक गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइएको हो। यसका साथै राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायत मनोरञ्जनका कार्यक्रम पनि गरिएको छ।
123
Shares
प्रतिक्रिया